Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कर्जाको ब्याजदर नबढाउने बैंकर्स संघको सहमति

कर्जाको ब्याजदर नबढाउने बैंकर्स संघको सहमति


  • 5.6K
    Shares

    • images
    कर्जाको ब्याजदर नबढाउने बैंकर्स संघको सहमति
    images

    नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर नबढाउने भद्र सहमति गरेको छ । ब्याजदर बढाउँदा पनि निक्षेप नबढेको हुँदा बैशाखमा संघको बैठकले बैशाख महिनामा ब्याजदर नबढाउने सहमति गरेको हो ।

    संघले फागुन महिनामा मुद्दती निक्षेपको ब्याजदर बढाएर ११.०३ प्रतिशत पुर्याएको थियो । तर, ब्याजदर वृद्धि गरेपनि निक्षेप बढ्न नसकेको संघको ठहर छ ।

    पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव चर्किएको छ । जसले गर्दा ऋण प्रवाह सुस्ताएको छ । विदेशी विनिमय सञ्चिति घटेपछि अत्यावश्यक बाहेकका वस्तुको आयातमा कडाई गरिएको छ । 

    तरलता अभाव चर्किएपछि बैंकको कर्जाको ब्याजदर पनि बढेको छ । बैंकले ग्राहकले मागेजति कर्जा दिन सकिरहेका छैनन् । तरलता अभावको प्रत्यक्ष प्रभाव घरकर्जामा पनि देखिएको छ । बैंकले कर्जा स्वीकृत गरेपनि ऋण प्रवाहका लागि हप्तौं कुराउन थालिसकेका छन् ।

    प्रकाशित मिति :चैत्र २८ २०७८ सोमवार - ११:०१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij