Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

एमालेले अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गर्ने

एमालेले अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गर्ने


  • 5.2K
    Shares

    एमालेले अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गर्ने

    नेकपा एमालेले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।एमालेले आज दिउँसो तीनजना पूर्वअर्थमन्त्रीको उपस्थितिमा आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ ।

    केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार दिउँसो साढे १२ बजे सार्वजनिक गर्ने भएको छ ।

    कार्यक्रममा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुने छन् ।

    अर्थतन्त्र संकट उन्मुख रहेका बेला सरकारले हालै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरेको थियो । सोही सन्दर्भ पारेर एमालेले धारणा सार्वजनिक गर्न लागेको हो ।

    प्रकाशित मिति :चैत्र २७ २०७८ आइतवार - १०:३०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij