Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

उम्मेदवार सिफारिस गर्न लोसपाले जारी गर्याे यस्तो निर्देशन

उम्मेदवार सिफारिस गर्न लोसपाले जारी गर्याे यस्तो निर्देशन


  • 3.3K
    Shares

    उम्मेदवार सिफारिस गर्न लोसपाले जारी गर्याे यस्तो निर्देशन
    images

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चैत २८ गतेभित्र उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ।

    वैशाखमा हुने स्थानीय चुनावका लागि वडा र पालिकास्तरबाट उम्मेदवार सिफारिस गर्न लोसपाले निर्देशन दिएको हो।लोसपाले केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा बिहीबार जिल्लाहरूमा विस्तारित बैठक गरेको थियो। उक्त बैठकबाट चैत २८ भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिइएको नेता केशव झाले जानकारी दिए।

    वडाध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखलगायतको नाम सिफारिस गर्न पनि लोसपाले निर्देशन दिएको हो। नेता झाका अनुसार लोसपाले देशैभरबाट उम्मेदवारी दिने तयारी गरेको छ।

    स्थानीय तहमा गठबन्धन गर्ने पक्षमा लोसपा नरहेको उनले बताए। तर स्थानीय आवश्यकता र औचित्यका आधारमा जित्ने गरी गठबन्धन गर्न भने छुट दिइने उनको भनाइ थियो।

    उम्मेदवार सिफारिस गर्दा ०७४ मा राम्रा काम नगरेकालाई सिफारिस नगर्न पनि लोसपाले निर्देशन दिएको छ। भ्रष्टाचारमा नाम मुछिएकाहरूको नाम सिफारिस नगर्न पनि आग्रह गरिएको उनले बताए।

    ०७४ मा मधेश प्रदेशमा तत्कालीन राजपाबाट २५ प्रमुख र ३१ उपप्रमुख जितेको थियो। राजपा र समाजवादीबीच एकीकरण भएर जसपा बने पनि जसपाबाट फुटेर लोसपा गठन भएको हो।

    प्रकाशित मिति :चैत्र २५ २०७८ शुक्रवार - १२:०१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij