Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

एमाले प्रवेश गरेको २४ घन्टामै माओवादीमा फर्किए गाउँपालिका अध्यक्ष, भेटे प्रचण्डलाई

एमाले प्रवेश गरेको २४ घन्टामै माओवादीमा फर्किए गाउँपालिका अध्यक्ष, भेटे प्रचण्डलाई


  • 4.0K
    Shares

    एमाले प्रवेश गरेको २४ घन्टामै माओवादीमा फर्किए गाउँपालिका अध्यक्ष, भेटे प्रचण्डलाई
    images

    धादिङको रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले (हरि) नेकपा एमालेमा प्रवेश गरेको २४ घन्टामै नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका छन् ।

    आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई  भेटेर उनले केही मानिसको परिबन्दमा परेर आफू सोमबार बालकोट पुगेको बताए।

    ०७४ मा माओवादीबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका डल्लाकोटी बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए।

    उनले मंगलबार विज्ञप्ति निकालेर माओवादीमै फर्किएको घोषणा गरेका थिए। माओवादीमा फर्केको घोषणा गरेका गाउँपालिका अध्यक्ष डल्लाकोटीले खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन्।

    ‘केही मान्छेको परिबन्दमा परेर बालकोट पुगेँ। यसमा मेरो गल्ती भयो तर मलाई मैले बनाएको पार्टी कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्,’ अध्यक्ष प्रचण्डसँग डल्लाकोटीले भने, ‘सुत्न नि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु, म घर फर्केको छु।’

    प्रचण्डको सचिवालयले गाउँपालिका अध्यक्ष डल्लाकोटी बिहान खुमलटार आएर प्रचण्डसँग भेटवार्ता गरेको जानकारी दिएको छ। जवाफमा प्रचण्डले गाउँपालिका अध्यक्ष डल्लाकोटीलाई अब काममा फर्कन भनेका थिए। ‘गल्ती गरेँ भनिसक्नुभयो अब काममा फर्कनुस्,’ प्रचण्डले भनेका थिए।

    प्रकाशित मिति :चैत्र २३ २०७८ बुधवार - १२:१७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij