२०८२ मंसिर ६ गते शनिवार
धादिङको खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ ।नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापति समेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि कुटपिट भएको हो ।
कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाएका छन् ।पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।
आरोपित पाख्रिनलाई मंगलवार राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij