Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

चुनावी तालमेल मोडालिटीबारे छलफल गर्न सत्तागठबन्धन बैठक सुरु

चुनावी तालमेल मोडालिटीबारे छलफल गर्न सत्तागठबन्धन बैठक सुरु


  • 4.0K
    Shares

    चुनावी तालमेल मोडालिटीबारे छलफल गर्न  सत्तागठबन्धन बैठक  सुरु
    images

    स्थानीय चुनावमा तालमेल गर्ने औपचारिक निर्णय गरेका पाँचदलीय सत्तागठबन्धनले तालमेल मोडालिटीबारे छलफल गरेका छन्।

    आज बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

    प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो । आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।

    १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो । बैठकले आवश्यक विवरण संकलन गर्न प्रदेश, जिल्ला र पालिका तहमा संयन्त्र बनाउने निर्णय गरेको थियो। साथै संयन्त्रहरूलाई आजसम्म केन्द्रमा प्रतिवेदन पठाउन भनिएको थियो।

    प्रकाशित मिति :चैत्र २२ २०७८ मंगलवार - १०:१९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij