Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एनआईसी एशिया बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न


  • 5.3K
    Shares

    • images
    एनआईसी एशिया बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न
    images

    एनआईसी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । उक्त साधारण सभा काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा भएको हो । 

    बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन  प्रस्तुत गरिएको थियो । यससंगै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । 

    सो सभाले सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको छ । बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ते ३/३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । 
    संस्थापक शेयरधनीहरूको तर्पmबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । 

    उक्त सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्र प्रसाद अर्याल तथा विनोद कुमार प्याकुरेललाई उनीहरूले बैंकको प्रगतिमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सफल कार्यकालको उच्च मूल्याङ्कन गरेको छ । साधारण सभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औं बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको छ ।  

    प्रकाशित मिति :चैत्र २१ २०७८ सोमवार - ११:५२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij