Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सबैलाई अधिकार दिलाउने माओवादी, सरकार चलाउने अर्कै?: अध्यक्ष प्रचण्ड

सबैलाई अधिकार दिलाउने माओवादी, सरकार चलाउने अर्कै?: अध्यक्ष प्रचण्ड


  • 3.9K
    Shares

    सबैलाई अधिकार दिलाउने माओवादी, सरकार चलाउने अर्कै?: अध्यक्ष प्रचण्ड
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई अधिकार दिलाउने काम पार्टीले गरे पनि लामो समय सरकार भने सञ्चालन गर्न नपाइएको बताएका छन्।

    शान्ति प्रक्रियापछि माओवादी अध्यक्ष प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसकेका छन्। अहिले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी सहभागी छ।

    उनले माओवादीकै एजेन्डाले देशमा परिवर्तन आएको र माओवादीको निर्णयले पटकपटक देश संकटमा जानबाट रोकिएको दाबी गर्दै जसको नीति उसको नेतृत्व भने नभएको बताए।

    ‘सबैलाई अधिकार दिलाउने माओवादी, संकट परेका बेला महत्वपूर्ण निर्णय गर्ने माओवादी। तर सरकार चलाउने अर्कै?,’ महोत्तरी खयरमालामा निर्मल लामा प्राविधिक शिक्षालय उद्घाटन गर्दै आज प्रचण्डले भने, ‘माओवादीले देशको बागडोर समाउँदा मात्रै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा विकास भएको छ।’

    उनले माओवादीले नेतृत्व गरेका स्थानीय तहले राम्रा काम गरेको पनि बताएका थिए।

    ‘माओवादीले नेतृत्व गरेका पालिका नै सर्वश्रेष्ठ भए। यो कुरा माओवादीभन्दा बाहिरका मानिसले भनेका हुन्। माओवादीले नेतृत्व गरेको महानगरमा पनि विकास भयो अन्यत्र भएन भनेर मानिसहरूले भनेका छन्,’ प्रचण्डले भने।

    उनले माओवादीप्रति जनतामा फेरि आकर्षण आएको पनि बताए। जनताका आशा र अपेक्षाअनुसार विकास अभियान चलाउन सक्ने र देशलाई एकतावद्ध बनाउन माओवादीले मात्रै सक्ने उनले बताए।

    उनले वैशाखमा हुने स्थानीय चुनाव माओवादीका लागि अवसर र चुनौतीका रूपमा खडा भएको पनि बताए।

    प्रकाशित मिति :चैत्र २० २०७८ आइतवार - १४:३४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij