२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। बुधबार बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठक बस्ने भएको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्। उनले त्यसपछि प्रतिवेदनमाथि छलफल हुने जानकारी दिएकी छन्।
त्यस्तै बैठकमा पार्टी मातहत रहेका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले पेस गर्ने छन्।
बैठक बिहीबारसम्म जारी रहने छ। यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij