२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ। मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुबीच छलफल भएको हो। प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले नेताहरुबीच स्थानीय निर्वाचनका साथै समसायिक विषयमा छलफल भएको थियो। नेताहरुबीच करिब १ घण्टा छलफल भएको थियो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफलमा प्रचण्डले द्वन्द्वकालीन समयका घाइते, अपांग योद्धाहरुको विषयमा प्रधानमन्त्रीसमक्ष पाँच बुँदे ध्यानाकर्षण गराएको जानकारी दिए। केही बेरअघि बालुवाटारमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका प्रमुख नेताहरुबीच भेटवार्ता भएको छ । त्यसअवसरमा उहाँहरुबीच चिनियाँ विदेशमन्त्रीको आसन्न नेपाल भ्रमण र विभिन्न देशका नेपाली दूतावासमा रिक्त राजदूत पदपूर्ति गर्ने सम्बन्धमा छलफल भएको हो ।
त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सशस्त्र द्वन्द्वका घाइते,अपांग योद्धाहरुको सन्दर्भमा ध्यानाकर्षण गराउनुभएको बुझिएको छ । ध्यानाकर्षणमा उहाँले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न,उनीहरुको लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेकालाई सूचीकृत गर्न आग्रह गर्नुभएको हो ।
त्यसैगरी सशस्त्र द्वन्द्वका घाइते र अपाङ्गता भएकालाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मान पत्र वितरण गर्न,जनयुद्ध, जनआन्दोलन,मधेस आन्दोलन,जनजाति आन्दोलनलगायतका प्रगतिशील आन्दोलनमा सहिद भएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउन पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्न पनि उहाँले माग गर्नुभएको माओवादी केन्द्रले जनाएको छ ।
द्वन्द्वका क्रममा जेलजीवन यापन गरेका, यातनाबाट पीडितहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउन पनि उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij