Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

मतपेटिका र मतगणना स्थलको अनुगमनको व्यवस्था आयोग परिसरबाटै गर्छौँ : निर्वाचन आयोग

मतपेटिका र मतगणना स्थलको अनुगमनको व्यवस्था आयोग परिसरबाटै गर्छौँ : निर्वाचन आयोग


  • 3.1K
    Shares

    मतपेटिका र मतगणना स्थलको अनुगमनको व्यवस्था आयोग परिसरबाटै गर्छौँ : निर्वाचन आयोग
    images

    काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतपेटिका भण्डारण र मतगणनाको निर्वाचन आयोग परिसरबाटै अनुगमन गर्ने प्रक्रिया निर्वाचन आयोगले अघि बढाएको छ ।

    आयोगले भिडियो म्यानेजमेन्ट सिस्टमबाट मतगणना स्थलको अनुगमनको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको हो । सो प्रणाली जडानको समन्वयका लागि आयोगले सबै स्थानीय तहलाई अनुरोध समेत गरेको छ ।

    निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा सोमबार प्रवक्ता शालिग्राम शर्मा पौडेलले भिडियो सिस्टम जडानका लागि सबै स्थानीय तहलाई आग्रह गरिसकेको जानकारी दिए ।

    पौडेलले भने, ‘मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणना कार्यको अनुगमन आयोग परिसरबाटै अनुगमन गर्ने उद्देश्यले हरेक मतगणना स्थलमा मतगणना स्थल दृश्य अनुगमन प्रणाली र भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम जडान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गरिएको छ ।’

    यस्तै आयोगले चैत ९ देखि १७ गतेसम्म राजनीतिक दल र सरोकारवालासँग नेपाल कानुन समाजसँगको सहकार्यमा सात प्रदेश र १५ जिल्लामा आचारसंहिताबारे छलफल गर्ने पनि निर्णय गरेको छ । आयोगले सुरक्षा व्यवस्थापन निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७८ मंगलवार - ११:४८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij