२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा पार्टीको १२औं पूर्ण बैठक सुरु भएको हो ।बैठकमा संसद्ले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीको धारणा तय गर्ने छ ।
संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेकपा स्थानीय तह निर्वाचनमा सहभागि हुने चर्चा चलिरहेको छ ।यो विषयमा पार्टीभित्र थरी थरीका धारणा छन् । पार्टी महासचिव विप्लव नै निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा छन् ।त्यस्तै पार्टी प्रवक्ता प्रकाण्ड पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।
तरअन्य नेताहरू भने तत्काल निर्वाचनमा जान नहुने अडानमा छन् । जुन विषयमा केन्द्रीय समिति बैठकले ठोस धारणा बनाउनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij