Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

सेयर बजारमा पहिरो: २७ सय अंकमा झर्‍यो नेप्से परिसूचक, कति को भयो कारोबार ?

सेयर बजारमा पहिरो: २७ सय अंकमा झर्‍यो नेप्से परिसूचक, कति को भयो कारोबार ?


  • 5.4K
    Shares

    सेयर बजारमा पहिरो: २७ सय अंकमा झर्‍यो नेप्से परिसूचक, कति को भयो कारोबार ?
    images

    काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा पहिरो नै गएको छ । नेप्से परिसूचक उच्च अंकले घट्दा १३ वटै उपसमूह ओरालो लागेका छन् । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेको छ । नेप्से ३.६१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १५.६२ अंकले घटेर ५११.६६ विन्दुमा झरेको छ । 

    अन्तिम समयसम्म कारोबारमा आएका कूल २२७ वटा कम्पनीको एक करोड १६ लाख ६१ हजार ६ सय ३९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको छ । कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको शेयर घटेको छ ।

    आइतबार कारोबार रकममा अपर तामाकोशीले अग्रता कायम गरेको छ । कम्पनीको ३२ करोड ८४ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । आज जम्मा ५ वटा कम्पनीको मूल्य बढेको छ । ५ वटै म्यूचूअल फण्डहरू हुन् ।

    प्रकाशित मिति :फाल्गुण १ २०७८ आइतवार - १५:५३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij