२०८२ फाल्गुण २९ गते शुक्रवार
काठमाडौं । डा स्वर्णिम वाग्ले अर्थ मन्त्रालयका लागि सबैभन्दा बढी चर्चामा रहेको नाम हो। गत पुस २१ गते पार्टी समायोजन सभालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले उपसभापति वाग्लेलाई सार्वजनिक रूपमै यसको संकेत गरेका थिए।
उनले भनेका थिए, ‘रास्वपाको उत्साह देखेर म पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेलाई भन्छु— डा’साप, आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्।’
लामिछानेको उक्त अभिव्यक्तिलाई धेरैले रास्वपा सरकार बनेपछि वाग्ले अर्थमन्त्री बन्ने संकेतका रूपमा व्याख्या गरेका थिए।
तर पार्टीभित्र अर्को चर्चा पनि समानान्तर रूपमा चलिरहेको छ— प्युठानबाट निर्वाचित सुशान्त वैदिक।
लन्डन स्कुल अफ इकोनोमिक्स तथा नर्वेबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका वैदिकलाई बालेनले ‘टेक्नोक्य्राटिक र नीतिगत क्षमता भएको अनुहार’का रूपमा हेरेको बताइन्छ।
यद्यपि, पार्टी सभापतिले सार्वजनिक रूपमा संकेत गरिसकेको नामलाई बेवास्ता गर्दा सरकार गठनको सुरुवातमै नेतृत्वबीच टकराव रहेका गलत सन्देश जान सक्ने विश्लेषण पनि भइरहेको छ। त्यसैले अन्ततः बालेन वाग्लेको नामतर्फ लचक हुने सम्भावना बलियो देखिएको बुझिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij