Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आयोगले १६ सहसचिव माग्दा ४२० को आवेदन, अन्तर्वार्ताका लागि छानिए यी ४२ (नामावलीसहित)

आयोगले १६ सहसचिव माग्दा ४२० को आवेदन, अन्तर्वार्ताका लागि छानिए यी ४२ (नामावलीसहित)


  • 4.2K
    Shares

    आयोगले १६ सहसचिव माग्दा ४२० को आवेदन, अन्तर्वार्ताका लागि छानिए यी ४२ (नामावलीसहित)
    images

    काठमाडौँ । लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आन्तरिक प्रतिष्प्रर्धाका आधारमा लिइएको न्याय सेवा,सरकारी वकिल,कानुन,लेखापरीक्षण,प्रशासन समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    आयोगले न्याय सेवा सरकारी वकिल समूहबाट १ जनाका लागि विज्ञापन खुलाउँदा ३९ जना लिखित परीक्षामा सम्मिलित भएकामध्ये अन्तर्वार्ताका लागि ८ जना छनौंट भएका छन् । यस्तै लेखापरीक्षण समूहबाट २ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षामा सम्मिलित १६ जनामध्येबाट ५ जना अन्तर्वार्ताका लागि छनौंट भएका आयोगले जनाएको छ ।

    आयोगले प्रकाशन गरेको नतिजा अनुसार, प्रशासन सेवाबाट १० जनाका लागि विज्ञापन खुलाइदा लिखित परीक्षामा सम्मिलित २४८ जनामध्येबाट १४ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् । यस्तै कानुन सेवातर्फबाट १ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षामा सम्मिलित ३९ जनामध्येबाट ६ जना,न्याय सेवा सरकारी वकिल समूहबाट १ जना माग भएकोमा लिखित परीक्षामा सम्मिलित ३९ जनामध्येबाट अन्तर्वार्ताका लागि छनौंट भएका ८ जना र न्याय सेवा न्याय समूहतर्फबाट १ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षमा सम्मिलित ३९ जनामध्येबाट अन्तर्वार्ताका लागि ३ जना छनौंट भएको लोकसेवाले प्रकाशन गरिएको नतिजामा उल्लेख गरिएको छ ।

    आयोगले विभिन्न सेवा समूहबाट गरी १६ जना सहसचिवका लागि विज्ञापन खोल्दा लिखित परीक्षामा सम्मिलित ४२० जना लिखित परीक्षामा सम्मिलित भएकामध्ये अन्तर्वार्ताका लागि ४२ जना छनौट भएका छन् ।

     
     
     

    xxx.pngccc.pngvvv.pngnnn.png

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १२:५४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij