Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

राष्ट्रिय सभा: मधेश प्रदेशमा निर्वाचनको मतदान स्थल अगाडि झडप

राष्ट्रिय सभा: मधेश प्रदेशमा निर्वाचनको मतदान स्थल अगाडि झडप


  • 3.3K
    Shares

    राष्ट्रिय सभा: मधेश प्रदेशमा निर्वाचनको मतदान स्थल अगाडि झडप
    images

    जनकपुरधाम । मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनको मतदान स्थल अगाडि सिके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच झडप भएको छ। 

    ‘पहिला किसानलाई मल देउ, त्यसपछि मतदान गर ’ भन्दै जनमतका नेता कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेका छन्। 

    जनकपुरधाम स्थित महेन्द्रनारायण निधि प्रतिष्ठानको भवनमा निर्वाचन हुनुपूर्व जनमतका नेता कार्यकर्ता लाठीभाटासहित प्रवेश गर्न खोजेपछि झडप भएको हो। 

    सो क्रममा प्रहरीले केही सेल अश्रुग्यास पनि प्रहार गरेको छ। प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए। अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ। 

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १०:४८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij