२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने बताएका छन् ।
शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेनजी कार्यकर्तासँग संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक रुपमा, सांस्कृतिक रुपमा युवा पुस्तालाई गाइडेड गर्ने बताएका हुन् ।
‘प्रचण्डले भने,अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ,’ ।
यो वातावरण बनाउन आफू लागि परेको पनि उनले बताएका छन् । नेपालको भविष्यलाई ख्याल गरेर अगाडि बढनुपर्ने, नेपालको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अगाडि बढ्नुपर्नेमापनि उनको जोड रहेको छ ।
आफूहरूको माग र जेनजीहरूको मागमा समानता देखिएको पनि उनले बताए । मागमा समानता भएपनि आफूहरूबाट विगतमा जति गर्न सक्नुपर्दथ्यो त्यति गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै अगाडि बढ्न तयार भएको उनको भनाइ छ ।
युवाहरूको स्पिरिट अनुसार नयाँ नेपाल निर्माण गर्ने संकल्प लिन भने फेरि एकै ठाउँमा रहन सकिने उनले आग्रह गरेका छन् । ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij