काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मासहित सबै परिवारलाई कोरोना संक्रमण भएको छ । शर्माले आफूसहित सपरिवारको पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभएको छ ।
कोरोनाला लक्षणले ग्रस्त भएपछि आज ललितपुरको मेडिसिटी अस्पतालमा पीसीआर जाँच गरेको र सबैको रिपोर्ट पोजेटिभ आएको शर्माले बताउनु भएको छ ।
आठ महिनापछि फेरि सबै परिवार कोरोना संक्रमित भएको भन्दै शर्माले यसलाई सजगता नअपनाउँदाको परिणाम भनी स्वीकार्नु भएको छ ।
चिकित्सकको परामर्श र औषधि प्रयोग गरी आइसोलेसनमा बसिरहेको शर्माले जानकारी दिनुभएको छ । यसअघि गत बैशाखमा पनि शर्मालाई कोरोना संक्रमण भएको थियो ।
उनले ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा बैशाख २० गते उहाँमा कोरोना पुष्टि भएको थियो ।
