Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पशुपति धर्मशालामा नियम विपरीत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइनेछ : मन्त्री आले

पशुपति धर्मशालामा नियम विपरीत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइनेछ : मन्त्री आले


  • 3.2K
    Shares

    पशुपति धर्मशालामा नियम विपरीत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइनेछ : मन्त्री आले
    images

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशालामा नियम विपरीत काम गर्ने तथा दोषी देखिएका लाई कारबाहीको दायरामा ल्याइने बताएको छ । आज आइतबार उक्त धर्मशालाको अनुगमन तथा निरीक्षण गर्नु हुँदै मन्त्री आलेले नियम विपरीत गरिएका निर्माणदेखि अन्य काम गर्नेलाई कानुनी दायरामा ल्याइने बताए ।

    उनले भने, ‘धर्मशालाको निरीक्षण अनुगमन गरेको छु, भोलि समितिको प्रतिवेदन पनि पेस हुँदै छ, गलत देखिएका विषयमा कानुन बमोजिम कारबाही गरिन्छ ।’ मन्त्री आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुबेदीको संयोजकत्वमा गएको पुस २३ गते एक छानबिन समिति गठन गरेको छ ।

    उक्त समितिले भोलि सोमबार आफ्नो प्रतिवेदन पेस गर्ने तयारी गरिरहेको छ । अनुगमन निरीक्षणकै क्रममा मन्त्री आलेले नेपाल भारत पशुपति मैत्री धर्मशाला सेभेन स्टार होटेलजस्तो धर्मशाला भएको देखेर आफू ‘सक्ड’ (स्तब्ध) भएको सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिएको थियो ।

    सोमबार बुझाइने प्रतिवेदनले दोषी देखाएका सबैलाई कारबाही गर्ने उहाँको भनाइ थियो । मन्त्री आलेले उक्त धर्मशालामा रहेका साधारणदेखि उच्च कोटीका रुम सम्म सबै निरीक्षण गर्नु भएको थियो । धर्मशालामा बाथ टपदेखि जिम हल सम्म सञ्चालन गर्नका लागि आवश्यक पर्ने सामग्रीहरू राखिएका देखे पछि मन्त्री आले झनै आश्चर्यमा पर्नु भएको थियो ।

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १६:२४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij