२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । विभिन्न राजनीतिक दलहरूले निर्वाचन आयोगलाई स्थानीय तहको चुनाव समयमै सम्पन्न गर्न आग्रह गरेका छन् । आयोगको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले समयमै चुनाव गर्न आग्रह गरेका हुन् ।
बैठकमा सहभागी नेकपा एमालेका नेता विष्णु रिमालले समयमै स्थानीय तहको निर्वाचन गर्न आयोगलाई आग्रह गरे बताए । रिमालले भने, ‘स्थानीय तहको निर्वाचन समयमै गर्न आग्रह गरेका छौँ ।’
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका राजनीतिक दललाई राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारेमा छलफल गर्न आयोगले डाकेको थियो । बैठकमा आयोगले निर्वाचनका लागि संवैधानिक र कानुनी अवस्था के कस्तो छ भन्ने विषयमा जानकारी गराएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij