Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

एमालेको प्रदेश अधिवेशन सर्‍यो

एमालेको प्रदेश अधिवेशन सर्‍यो


  • 6.0K
    Shares

    एमालेको प्रदेश अधिवेशन सर्‍यो
    images

    काठमाडौँ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताए ।

    ‘कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको छ,’ अधिकारीले भने, ‘पार्टी केन्द्रले यस विषयमा निर्देशन जारी गरिसकेको छ ।’ अधिवेशन सार्नुको अर्को कारण कतिपय जिल्लामा अधिवेशन हुन नसकेको कारण समेत रहेको अधिकारीले बताए ।

    मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १४:१५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij