Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बिहीबार

आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बिहीबार


  • 5.6K
    Shares

    आज दिउँसो १ बजे बस्ने भनिएको  प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बिहीबार
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।

    सभामुख अग्निप्रसाद सापकोटाले बैठक यही पुस २२ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

    “मिति २०७८ साल पुस १८ गते आइतबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामखज्यूले मिति २०७८ साल पुस २२ गते बिहीबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।

    सभामुख सापकोटाले आजै बिहान साढे ११ बजे बस्ने गरी आह्वान गरेको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :पौष १८ २०७८ आइतवार - १०:४६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij