२०८२ मंसिर ७ गते आइतवार
काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री देउवासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहित आयोग पदाधिकारीहरूले भेट गरी स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ गते गर्न उपयुक्त हुने प्रस्ताव गर्नुभएको छ ।
भेटका क्रममा एकै दिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरण वैशाख २२ गते निर्वाचन गर्न उपयुक्त हुने विषयमा जानकारी गराइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij