Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

संसद बैठक आज दिउँसो १ बजे बस्दै , एमालेको अवरोध जारी रहने

संसद बैठक आज दिउँसो १ बजे बस्दै , एमालेको अवरोध जारी रहने


  • 3.5K
    Shares

    संसद बैठक आज दिउँसो १ बजे बस्दै , एमालेको अवरोध जारी रहने
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद भवन बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ ।

    एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो । तेस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ ।

    सो बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसुची छ । यस्तै गृह मन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन,

    सुपरिवेक्षण र समन्वय अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसुची छ । यस्तै तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश पनि निर्णयार्थ पेश हुने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेशलाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । आफ्नो माग पूरा नभएकाले संसद अवरोध आज पनि जारी रहने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ।

    प्रकाशित मिति :पौष ७ २०७८ बुधवार - १०:५९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij