Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

कर्णाली जिल्लाबाट ८८ जना माओवादी केन्द्र राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट

कर्णाली जिल्लाबाट ८८ जना माओवादी केन्द्र राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट


  • 3.5K
    Shares

    कर्णाली जिल्लाबाट ८८ जना माओवादी केन्द्र राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट
    images

    सिमकोट। नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि छनोट भएका छन्। जिल्लागत रुपमा पार्टी सदस्यका आधारमा राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गरिएको हो। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि राजधानीमा सुरु हुँदैछ।

    कर्णालीका दश जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि ८८ जना छनोट भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारीले जानकारी दिए। उनले यो संख्या जिल्लागत रुपमा पार्टी सदस्यता संख्या र संघीय संसदको निर्वाचन क्षेत्रका आधारमा छनोट गरिएको बताए।

    माओवादी केन्द्रको परिपत्रअनुसार एक हजार पाँच सय सदस्यता बराबर एकजना प्रतिनिधि र संघीय संसदको निर्वाचन क्षेत्रको प्रतिनिर्वाचन क्षेत्र दुईजना प्रतिनिधि छनोट गरिएको उनले बताए। उनका अनुसार कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिमबाट १५ जना छनोट भएका छन्।

    डोल्पाबाट सबैभन्दा कम तीन जनामात्रै छनोट भएका छन्। त्यस्तै सुर्खेत र जाजरकोटबाट १०–१० जना, मुगुबाट पाँच जना, सल्यान र कालीकोटबाट ११–११ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्। दैलेख, जुम्ला र हुम्लाबाट ७–७ जना राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट भएको केन्द्रीय सदस्य भण्डारीले जानकारी दिए।

    ‘दशै जिल्लाबाट सर्वसम्मत राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन भएका हुन्’, उनले भने, ‘उहाँहरु सबै मंसिर २५ देखि २८ गतेसम्म भएको प्रथम प्रदेश अधिवेशनबाट छनोट भएका हुन्।’

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - ११:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij