Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वैशाख १७ र २७ मै चुनाव हुन्छ : प्रधानमन्त्री ओली

वैशाख १७ र २७ मै चुनाव हुन्छ : प्रधानमन्त्री ओली


  • 7.7K
    Shares

    वैशाख १७ र २७ मै चुनाव हुन्छ : प्रधानमन्त्री ओली

    काठमाडौं । सरकारले १७ र २७ वैशाखमा घोषणा गरेको  मध्यावधि चुनाव नहुने भन्दै  आशंका गर्न थालिएपछि प्रधानमन्त्री केपी ओलीले तोकिएकै समयमा चुनाव हुने बताएका छन् ।  

    आज बबरमहलमा नेकपा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले  तोकिएको समयमै निर्वाचन हुने बताएका हुन् ।

    उनले चुनाव हुँदैन भनेर भ्रम सिर्जना गर्न खोजेकोसमेत आरोप लगाए ।  ‘अहिले चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । साथीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईहरु भ्रममा नपर्नुस्, वैशाख १७ र २७ गते चुनाव हुन्छ। कसैले पनि टार्न सक्दैन ।’

    नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीले वैशाख चुनाव नगर्ने दाबी गरेका छन् ।

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १६:५०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij