Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

प्रदेश लोकसेवा आयोग विराटनगरले एकै पटक २७३ जना कर्मचारी माग, कुन स्थानीय तहबाट कति ? (सूचनासहित)

प्रदेश लोकसेवा आयोग विराटनगरले एकै पटक २७३ जना कर्मचारी माग, कुन स्थानीय तहबाट कति ? (सूचनासहित)


  • 12.4K
    Shares

    प्रदेश लोकसेवा आयोग विराटनगरले एकै पटक २७३ जना कर्मचारी माग, कुन स्थानीय तहबाट कति ? (सूचनासहित)

    विराटनगर । प्रदेश लोकसेवा आयोग,विराटनगरले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले अप्राविधिक तर्फका पदहरुमा आन्तरिक प्रतिष्प्रर्धा,खुला तथा समावेशी माध्यमबाट पदपूर्ति गर्न लागेको हो । जसअनुसार आयोगले एकै पटक २७३ जना कर्मचारी माग गरेको छ । आयोगले पाँचौं र चौथो तहका लागि विभिन्न स्थानीय तहबाट विज्ञापन खुलाएको जनाएको छ । आयोगले चौथो तहका लागि १२२ र पाँचौ तहका लागि १५१ पदका लागि दरखास्त आह्वान गरेको छ ।

    सूचना अनु्सार,आगामी २५ पुससम्म साधरण दस्तुर र माघ २ गतेभित्रमा दोब्बर दस्तुर तिरे आवेदन दिन सकिनेछ । पद अनुसार, एसएलसीदेखि प्रविणता प्रमाणपत्र तह पूरा गरेका र १८ बर्ष उमेर पूरा भई ३५ बर्ष ननाघेको र महिला तथा अपांगका हकमा ४० बर्ष उमेर नकटेका आवेदन दिन सक्नेछन् । यस्तै निजामती सेवा,प्रदेश निजामती वा स्थानीय सरकारी सेवामा रहेकाहरुको हकमा उमेरको हदबन्दी नलाग्ने सूचनामा जनाइएको छ ।

    download.png

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - १०:१८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij