Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

काँग्रेस उपसभापतिको निर्वाचनको मतगणना आजै हुने कस्ले मार्ला बाजी ?

काँग्रेस उपसभापतिको निर्वाचनको मतगणना आजै हुने कस्ले मार्ला बाजी ?


  • 3.5K
    Shares

    काँग्रेस उपसभापतिको निर्वाचनको मतगणना आजै हुने कस्ले मार्ला बाजी ?
    images

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापतिको निर्वाचनको मतगणना आजै हुने भएको छ । परिणाम पनि आजै आउने निश्चितप्रायः छ । उपसभापतिमा ६ जना उम्मेदवार छन् ।

    सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छेदार र पूर्णबहादुर खड्का, डा. शेखर कोइरालाको प्यानलबाट डा. चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंहको प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधिको प्यानलबाट दिव्यश्वरी साह उम्मेदवार छन् ।

    सभापतिमा देउवाले प्राप्त गरेको मतलाई आधार मान्दा उनकै प्यानलबाट दुवै उम्मेदवार विजयी हुने सम्भावना बलियो छ । तर, सिंहको प्यानलकी सुजाता कोइरालाले महिलाको मत तानेको आँकलन गरिएबाट उनी पनि प्रतिष्पर्धामा रहने विश्लेषण भइरहेको छ । डा. चन्द्र भण्डारी र धनराज गुरुङ पनि जित्ने आशामा छन् । दिव्यश्वरी साह सम्मानित मतको आशामा छिन् ।

    काँग्रेसको विधानमा २ उपसभापतिको व्यवस्था छ । तर, कतिपय महिला नेताहरुले उपसभापति र महामन्त्रीमा पनि महिलाको सुनिश्चितताको माग गरेका छन् । सुजाता कोइरालाले यसलाई चुनावी मुद्दा नै बनाइन् ।

     

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १३:५१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij