Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ?


  • 596
    Shares

    आज कस्तो रहला देशभरको मौसम ?

    काठमाडौं । देशको मौसममा पश्चिमी वायुको प्रभाव हटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    यसअघि गत शुक्रबार बिहानदेखि हिजो शनिबार बिहानसम्म नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव थियो।

    अहिले भने मुलुकमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम महाशाखाले जनाएको छ। 

    महाशाखाले आज (आइतबार) बिहान ८ बजे दिएको जानकारीअनुसार आज दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

    यस्तै आज राति कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    आज काठमाडौँ उपत्यकामा पनि मौसम आंशिक बदलीदेखि मुख्यतया सफा नै रहने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए।

    मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा आंशिक रूपमा अर्थात् थोरै बादल लाग्नु हो भने मुख्यतया सफा भनेको छिटपुट बादलबाहेक पूरै आकाश सफा रहनु हो। 

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - ०८:२२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij