Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

कांग्रेसको सभापति चयनका दोस्रो चरणमा देउवाले गरे मतदान

कांग्रेसको सभापति चयनका दोस्रो चरणमा देउवाले गरे मतदान


  • 3.4K
    Shares

    कांग्रेसको सभापति चयनका दोस्रो चरणमा देउवाले गरे मतदान
    images

    काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पहिलो चरणमा भएको मतदानमा कसैको पनि ५० प्रतिशत नकटेपछि दोस्रो चरणको मतदान सुरू भएको छ । भृकुटिमण्डवस्थित मतदानस्थलमा पौने चारबजेदेखि मतदान सुरु भएको हो । 

    दोस्रो चरणको मतदानमा कांग्रेसकी ज्येष्ठ प्रतिनिधि शान्ति कार्कीले पहिलो मत हालेकी थिइन् । यस्तै सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरेका छन् । 

    सभापतिकै अर्का उम्मेदवार डा. शेखर कोइराला पनि मदानका लागि मतदानस्थल पुगेका छन् । कांग्रेसका प्रतिनिधिहरू सभापति चुन्नका लागि मतदानस्थलमा लाइनमा बसेका छन् । 

    यस्तै, अहिलेसम्मको अवस्था हेर्दा शेरबहादुर देवाको जित पक्का जस्तै छ । सभापतिमा उठेका प्रकाशमान सिंह, कल्याण गुरुङ र विमलेन्द्र निधिले देउवालाई नै समर्थन गरिसकेका छन् । 

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - १६:५५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij