२०८२ मंसिर ७ गते आइतवार
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा मतदान सुरु भएको छ।
सोमबार भएको मतदानमा सभापतिका कुनै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणमा मतदान सुरु भएको हो।
दोस्रो चरणको मतदानमा पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा सुरु भएको हो।
बहुमतका लागि २३४० मत आवश्यक पर्नेमा पहिलो चरणमा देउवाले २२५८ मत ल्याउँदा कोइरालाले १७२९ मत ल्याएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij