Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान : दिउँसो साढे ३ बजेदेखि बेलुका साढे ७ बजेसम्म भोटिङ (विज्ञप्तिसहित)

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान : दिउँसो साढे ३ बजेदेखि बेलुका साढे ७ बजेसम्म भोटिङ (विज्ञप्तिसहित)


  • 4.3K
    Shares

    कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान : दिउँसो साढे ३ बजेदेखि बेलुका साढे ७ बजेसम्म भोटिङ (विज्ञप्तिसहित)
    images

    काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापतिका लागि आज दोस्रो चरणको मतदान हुने भएको छ। नेपाली कांग्रेसको निर्वाचन समितिले आज दिउँसो साढे ३ बजेदेखि बेलुका ७.३० बजेसम्म मतदान हुने जनाएको छ। 

     कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यको पदका लागि हिजो भएको निर्वाचन अन्तर्गत, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २१ बमोजिम गठन हुने केन्द्रीय कार्यसमितिको सभापति पदका लागि भएको निर्वाचनमा जम्मा ४६७९ मत खसेको र खसेको मत मध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। सभापति पदका उम्मेदवारहरु क्रमशः कल्याणकुमार गुरुङले २२ मत, प्रकाशमान सिंहले ३७१ मत, विमलेन्द्र निधिले २५० मत, डा. शेखर प्रसाद कोइरालाले १७०२ मत र शेर बहादुर देउवाले २२५८ मत प्राप्त गरेका थिए। 

     'कांग्रेसको विधान २०१७ (संशोधन सहित) को व्यवस्था बमोजिम सभापति पदको निर्वाचन हुँदा खसेको मतको ५० प्रतिशत भन्दा बढी मत ल्याउन अनिवार्य व्यवस्था भएकोमा, पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबै भन्दा बढी मत ल्याउने दुई जना प्रत्यासीका बीचमा पुनः मतदान गराउनु पर्ने व्यवस्था भएकोले, सभापति पदका प्रत्यासी डा. शेखर प्रसाद कोइरालाले १७०२ मत प्राप्त गर्नु भएको र शेर बहादुर देउवाले २२५८ मत प्राप्त गर्नु भएको हुँदा, दुबै जना बीच पुनः मतदान गर्ने प्रयोजनका लागि निम्न लिखित स्थान, समय मितिमा पुनः निर्वाचन हुने व्यहोरा सम्पूर्ण मतदाताहरुलाई सूचित गरिन्छ' निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

    con ele.jpg

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - १२:०३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij