२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै हुने भएको छ ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक प्रचास प्रतिशत भन्दा धेरै मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो ।
मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको छ ।पहिलो चरणमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्याउन सकेनन् । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।
दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । सोमबार भएको मतदानमा ४६७९ मत खसेको थियो । जसमा देउवाले २२५८ मत ल्याए भने १७४९ मत पाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij