२०८२ मंसिर ७ गते आइतवार
पछिल्लाे २४ घन्टामा देशभर थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयाेगशालामा ८ हजार ६८२ जनाकाे नमुना परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
यसैगरी पछिल्लाे २४ घन्टामा थप १ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ।
यही अवधिमा २३४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल ५ हजार ८९० जना सक्रिय संक्रमित छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij