Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

आफैँले चलाएको गाडी भिरबाट खस्दा कांग्रेस नेताको मृत्यु

आफैँले चलाएको गाडी भिरबाट खस्दा कांग्रेस नेताको मृत्यु


  • 211
    Shares

    आफैँले चलाएको गाडी भिरबाट खस्दा कांग्रेस नेताको मृत्यु
    images

    काठमाडौं । गएराति चितवनमा भएको गाडी दुर्घटना नेपाली कांग्रेसका स्थानीय एक नेताको मृत्यु भएको छ।  

    कालिका नगरपालिका-११ मा शनिबार राति साढे ११ बजेतिर बा.१८च८९७३ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    दुर्घटनामा कांग्रेसका नेता खैरहनी नगर पालिका-४ निवासी ६२ वर्षीय राममणी न्यौपानेको मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालले  दिएको जानकारी अनुसार बोलेरो न्यौपाने आफैँले चलाएका थिए।

    दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बलेरो अनियन्त्रित भएर सडकबाट करिव १५० मिटर तल खसेको पाइएको प्रहरीले जनाएको छ। 

    नेपाली कांग्रेसका स्थानीय नेता न्यौपानेले सामुदायिक वन र रेडक्रसमा पनि सक्रिय थिए। उनी व्यवसायिक मौरी पालक किसानको रूपमा पनि परिचित थिए।

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - १०:०९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij