Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

स्ट्याण्डर्ड चाटर्ड बैंकले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव

स्ट्याण्डर्ड चाटर्ड बैंकले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव


  • 225
    Shares

    स्ट्याण्डर्ड चाटर्ड बैंकले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव
    images

    काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले मंसिर २९ गते काठमाडौंको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

    उक्त सभामा आर्थिक वर्ष २०८१\८२ का लागि प्रस्तावित १९ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गरिने भएको छ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१\८२ को वार्षिक वित्तीय विवरण, वासलात, आव २०८१\८२ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

    लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन् ।

     

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - ११:१२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij