Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

परीक्षा दिन स्कुल पुगेका छात्रामाथि आक्रमण, ४ जना घाइते

परीक्षा दिन स्कुल पुगेका छात्रामाथि आक्रमण, ४ जना घाइते


  • 3.1K
    Shares

    परीक्षा दिन स्कुल पुगेका छात्रामाथि आक्रमण, ४ जना घाइते
    images

     पुर्वी दिल्लीको मुयर विहार इलाकामा शनिबार विद्यार्थीहरुमाथि आक्रमण भएको छ । विद्यालय बाहिर भएको लडाईको क्रममा कक्षा १० मा अध्ययनरत छात्राहरुमाथि चक्कुले आक्रमण भएको हो । आक्रमणबाट घाइते भएका ४ जनामध्ये एक छात्राको अवस्था गम्भिर रहेको छ ।
    प्रहरीको अनुसार घाइते भएका ३ जना छात्राहरु लाल बहादुर शास्त्री अस्पतालमा उपचार भएर घर फर्किएका छन् भने एक छात्राको एम्स ट्रामा सेन्टरमा उपचार भइरहेको छ ।

    झगडा भएको खबर पाण्डव नगरको थानामा आएसँगै प्रहरी तुरुन्तै पुगेर थप अन्य घटना हुन नपाएको प्रहरीको भनाई छ । १५ वर्षदेखि १६ वर्षका चार छात्राहरुमा धारिलो हतियारधारी वस्तुले आक्रमण भएको थियो ।

    घाइते भएका छात्राहरु त्रिलोकपुरी सरकारी स्कुलका हुन् । उनीहरु परीक्षा दिनको लागि मयुर विहार फेस–२ पुगेका थिए । उनीहरुको शंकरपुरका स्कुलका केही छात्राहरुसँग झगडा भएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

    एजेन्सी ।

    प्रकाशित मिति :मंसिर २६ २०७८ आइतवार - १५:०७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij