Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

बुस्टर डोज ओमिक्रोनबाट ७५ प्रतिशत सुरक्षित

बुस्टर डोज ओमिक्रोनबाट ७५ प्रतिशत सुरक्षित


  • 4.1K
    Shares

    बुस्टर डोज ओमिक्रोनबाट ७५ प्रतिशत सुरक्षित
    images

    काठमाडौं। बेलायती वैज्ञानिकहरूले कोभिड-१९ को खोपको दुई डोजले भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई असर नगर्ने बताएका छन्।

    बेलायतमा ओमिक्रोन र डेल्टा भेरियन्टहरूको प्रारम्भिक विश्लेषणले नयाँ भेरियन्टलाई रोक्न खोप कम प्रभावकारी भएको देखाएको छ।

    तर, तेस्रो बुस्टर डोजले लगभग ७५ प्रतिशत मानिसहरूलाई कुनै न कुनै रूपमा कोभिडबाट सुरक्षित राख्न सफल भएको छ। युके हेल्थ प्रोटेक्शन एजेन्सीको रिपोर्टले ५८१ ओमिक्रोन केसहरू र हजारौं डेल्टा केसहरूमा यो खोप नयाँ भेरियन्टविरुद्ध कत्तिको प्रभावकारी छ भनेर पत्ता लगाउन यो अनुसन्धान गरेका थिए।

    द्रुत रूपमा उत्परिवर्तन भइरहेको ओमिक्रोनको बारेमा सबैभन्दा ठूलो चिन्ता भनेको यो खोपमा कम प्रभावकारी भएको भनिएको छ।

    प्रकाशित मिति :मंसिर २६ २०७८ आइतवार - १०:५३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij