Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

धादिङमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु

धादिङमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु


  • 2.7K
    Shares

    धादिङमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु
    images

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

    बा४४प ९८३६ नंको पल्सर मोटरसाइकल र बा६३प ४८३४ नंको स्कुटर एकापसमा ठोक्किएर मोटरसाइकललाई ना६ख ७४९ नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजमार्गमा दुर्घटना भएपछि एक घण्टा यातायात अवरुद्ध भएको थियो । सवारी साधन हटाएपछि यातायात साधन सुचारु भएका छन् ।

    प्रकाशित मिति :मंसिर २६ २०७८ आइतवार - १०:२१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij