Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

कांग्रेस बागमती प्रदेशको पदाधिकारी निर्वाचनको नतिजा सार्वजनिक

कांग्रेस बागमती प्रदेशको पदाधिकारी निर्वाचनको नतिजा सार्वजनिक


  • 5.0K
    Shares

    कांग्रेस बागमती प्रदेशको पदाधिकारी निर्वाचनको नतिजा सार्वजनिक
    images

    मकवानपुर। गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ ।

    बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी हुनुभएको हो । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित हुनुभएको छ । यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी हुनुभएको छ । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो ।

    यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी हुनुभएको छ । जसमा निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङको उम्मेदवारी थियो । यसैगरी खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी हुनुभएको छ उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो ।

    जसमा बिरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा मतसहित पराजित हुनुभएको छ । कांग्रेस बागमतीको सभापतिमा भने ईन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ ।

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - १०:४६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij