२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । काठमाडौंको बसपार्कमा तन्नाले पोको पारेको अवस्थामा फेला परेको शवको सनाखत हुन कठिन भएको छ। शनिबार बिहान टोखा नगरपालिका-९ मा पोको पारेको अवस्थामा शव फेला परेको हो।
सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले शवको सनाखत गर्ने प्रयास भइरहेको बताएका छन्।
संकास्पद अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । उक्त शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij