२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । बागमती प्रदेश सभाको बैठक माघ ७ गते बोलाउन सिफारिस गरिएको छ ।
हेटौंडामा शुक्रबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
‘आजको मन्त्रिपरिषद बैठकले माघ ७ गते संसदको हिँउदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ’, पौडेलले भने । यसअघि बागमती प्रदेशको वर्षे अधिवेसन साउन ८ गते अन्त्य गरिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपामा विभाजन आएको छ । प्रचण्ड नेपाल समूहका ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij