Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मुख्यमन्त्रीले गरे १५ सासंद निलम्बन

मुख्यमन्त्रीले गरे १५ सासंद निलम्बन


  • 7.5K
    Shares

    मुख्यमन्त्रीले गरे १५ सासंद निलम्बन

    काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने १५ जना सदस्यलाई तीन महिनाको लागि संसदीय दलको कुनै क्रियाकलापमा भाग लिन नपाउने गरि निलम्बन गरेका छन् ।

    स्पष्टीकरणको चितोबुझ्दो जवाफ नदिएको भन्दै उनले ती सांसदमाथि कारबाही गरेका हुन् । निलम्बनमा पर्नेहरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लीलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहनकुमार खड्का, कुलप्रसाद साम्बा, धीरेन्द्र शर्मा, टंक आङबुहाङ र कुसुम कुमारी श्रेष्ठ छन् ।

    मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समुहका १९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । ती सांसदलाई मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुको कारणसहित प्रष्टीकरण सोधेका थिए। प्रष्टीकरण सोधिएका १९ मध्ये १५ जनाले कुनै जवाफ नपठाएपछि कारबाही गरिएको राईले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :पौष १६ २०७७ बिहिवार - १६:१६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij