Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्याङ्जाका चारवटै प्रदेश क्षेत्रमा सभापति निर्वाचित

स्याङ्जाका चारवटै प्रदेश क्षेत्रमा सभापति निर्वाचित


  • 4.2K
    Shares

    स्याङ्जाका चारवटै प्रदेश क्षेत्रमा सभापति निर्वाचित

    वालिङ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चारवटै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन् ।

    शुक्रबार सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा क को सभापतिमा केशरबहादुर खाँण (ध्रुब), ख मा प्रकाश तिवारी, २ को क मा अर्जुनप्रसाद खनाल र ख मा महेश भट्टराई निर्वाचित भएका हुन् । 

    स्याङ्जा २ क मा अर्जुनप्रसाद खनाल ३२७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी विद्या श्रेष्ठले २५१ मत प्राप्त गरिन्। 

    त्यस्तै उपसभापतिमा कुलबहादुर गुरुङ, भविश्वर कोइराला, सचिवमा डण्डापानी पङ्गेनी, अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण, बोधराज कुँवर निर्वाचित भएका हुन् । कूल ५९८ मतदाता रहेकोमा ५९३ मत खसेको थियो ।

    त्यसैगरी २ ख मा महेश भट्टराई विजयी भएका छन्। भट्टराईले ३८२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गरे। 

    उपसभापतिमा सर्वसम्मतबाट टीकाराम तिवारी र खगीसरा आले निर्वाचित भएका छन् । सचिवमा निर्वाचनबाट गोकर्णप्रसाद भट्टराई, रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित भएका हुन्।  

    प्रकाशित मिति :मंसिर ४ २०७८ शनिवार - १०:५९:३५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij