Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

एमाले महासचिवमा शंकर पोखरेल र विष्णु पौडेलबीच कडा टक्कर, बन्यो यस्तो पोस्टर

एमाले महासचिवमा शंकर पोखरेल र विष्णु पौडेलबीच कडा टक्कर, बन्यो यस्तो पोस्टर


  • 7.5K
    Shares

    एमाले महासचिवमा शंकर पोखरेल र विष्णु पौडेलबीच कडा टक्कर, बन्यो यस्तो पोस्टर

    नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आउँदै गर्दा अध्यक्षपछिको कार्यकारी पद महासचिवका लागि ओलीकै दुई विश्वासपात्र उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेलले आफूनिकट कार्यकर्तामार्फत प्रचार नै थालिसकेका छन्।

    नवौँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका शंकर पोखरेलको नाममा गत कात्तिक ३० गते एउटा पोस्टर उनका सहयोगीले सामाजिक सञ्जालमा हालिसकेका थिए।​

    एमाले महाधिवेशनबाट अध्यक्ष र महासचिव एक-एक जना चयन हुँदैछन्। त्यस्तै वरिष्ठसहित पाँचजना उपाध्यक्ष, दुईजना उपमहासचिव र सातजना सचिव निर्वाचित हुनेछन्। यी पदहरुमा एमालेभित्र आकांक्षीको लर्को छ। तर ओली आफैँ भने पदाधिकारीमा कसलाई ल्याउने भन्नेमा निचोडमा पुगिनसकेको उनीनिकट एक नेता बताउँछन्। दुई कार्यकाल महासचिव बनेका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्षमा जान तयार भइसकेका छन्। 

    महासचिवकै लागि माधव नेपाललाई छाडेर आएका सुरेन्द्र पाण्डे पनि आकांक्षीका रुपमा देखिएका छन्। उनी नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग ६ मतले पराजित ​भएका थिए।

    poster 1.jpg

    poster 2.jpg

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - २१:१५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij