Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

यौन सम्पर्क गर्न नमानेको भन्दै तालिबान कमान्डरले किशोरीलाई निर्घात कुटेपछि...

यौन सम्पर्क गर्न नमानेको भन्दै तालिबान कमान्डरले किशोरीलाई निर्घात कुटेपछि...


  • 6.8K
    Shares

    यौन सम्पर्क गर्न नमानेको भन्दै तालिबान कमान्डरले किशोरीलाई निर्घात कुटेपछि...
    images

    काबुल । यही अगस्टमा पुरानो सत्ता ढालेर नयाँ सरकार गठन गरेको तालिबान समूहले महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको थियो । तालिबानले महिलालाई अधिकार र थप सुरक्षा प्रदान गर्ने जनाए पनि त्यो ‘एकादेशको कथा’ भएको छ । बरु, तालिवान सत्तामा पुगेपछि  महिलामाथि शृंखलाबद्ध बर्बर हिंसा भएका छन् । युवतीहरूलाई विद्यालय जान रोक लगाइएको छ । 

    तालिवानले सत्तापलट गर्दा घरमै बस्न भनेका महिला कर्मचारी अझै पनि कार्यलयमा फर्किन पाएका छैनन् । सरकारमा महिला सहभागीता शून्य छ । उनीहरुको बोली र व्यावहारमा तालमेल हुन सकेको छैन् ।

     एक पछिल्लो घटनामा अफगान किशोरीलाई तालिबान कमान्डरले निर्घात कुटेका छन् । किशोरीले यौन सम्पर्क गर्न अस्वीकार गरेपछि तालिवानले कुटेका हुन् । सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियोमा किशोरीको शरीरमा निलडाम र चोट देख्न सकिन्छ । हेरात प्रान्तमा सो घटना भएको हो । 

    ट्विटरमा सेयर गरिएको एउटा भिडियोमा कमान्डरले कुटेपछि ती किशोरी चिच्चाएकी देखिन्छन् । किशोरीको पिँठ्यु, खुट्टालगायत शरीरका अन्य अंगमा चोट लागेको छ । तर, तालिवानले यी सबै आरोप अस्वीकार गरेको छ । किशोरी बलात्कारमा कमान्डरको कुनै संलग्नता नरहेको तालिवानले दाबी गरेका छन् । गृहमन्त्रालयले सो घटनामा संलग्न रहेको आशंकामा एक किशोर र किशोरीलाई सार्वज्निक गरेको छ । तालिवानले घटनालाई अन्यत्रै मोड्न खोजेको स्थानीयले आरोप लगाएका छन् । 

    तालिबानले आफ्ना कमान्डरको लाज छोप्न र विषयलाई तोडमोड गर्न त्यस्तै प्रकृतिको अर्को भिडियो बनाएको स्थानीयले बताएका छन् । तालिवानले सार्वजनिक गरेको भिडियोमा देखिएकी किशोरी वास्तविक पीडित नभएको जनाइएको छ ।  ‘काबुलको १२ औं जिल्लामा आफूमाथि बलात्कारको आरोप लगाउने किशोरीलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको छ,’ तालिबानका उपप्रवत्ता इनामुल्लाह समनगानीले भने ।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १४:०३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij