Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

युक्रेनमा रूसी आक्रमण, नौ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, नौ जनाको मृत्यु


  • 260
    Shares

    युक्रेनमा रूसी आक्रमण, नौ जनाको मृत्यु
    images

    काठमाडौं । पश्चिमी युक्रेनको टेर्नोपिलमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

    ‘टेर्नोपिलको आवासीय भवनहरूमा प्रहार हुँदा दर्जनौँ मानिसहरू घाइते हुनुका साथै उनीहरूको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जनाएका हुन्  । 

    उनले आक्रमणको पुष्टि हुने गरी धुवाँले घेरिएका  क्षतिग्रस्त भवनहरूको फोटो तथा भिडियो प्रकाशित गरेका थिए । ‘मानिसहरू भग्नावशेषमुनि फसेका हुन सक्ने समेत उनले उल्लेख गरेका छन् ।’  

    मस्कोले पछिल्लो समयमा युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै दैनिक ड्रोन र मिसाइल ब्यारेजहरूले तीव्र आक्रमण गरिरहेको छ । पछिल्लो आक्रमणको लहरमा रूसले ४७० भन्दा बढी स्ट्राइक ड्रोन र विभिन्न प्रकारका ४८ वटा मिसाइल प्रक्षेपण गरेको जेलेन्स्कीले बताएका छन् । 

    आक्रमणले उत्तरपूर्वी क्षेत्र खार्किव र पश्चिमी क्षेत्र इभानो–फ्रान्किभस्कमा मानिसहरूलाई घाइते बनाएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १५:०७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij