Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सुनसरी एमाले विवादले लियो उग्र रूप : द्वारिकालाल चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव

सुनसरी एमाले विवादले लियो उग्र रूप : द्वारिकालाल चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव


  • 5.8K
    Shares

    सुनसरी एमाले विवादले लियो उग्र रूप  :  द्वारिकालाल चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव

    सुनसरी । सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ। २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो । सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधवार बस्ने भनिएको बैठकमा आपसमा माइक खोसाखोस समेत भएको छ।

    २ जेठको विषयमा चरम विवाद भएपछि २ जेठका अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले गत पुसमा अध्यक्ष बनाएका रेवतीरमण भण्डारीको समूहबीच विवाद चर्केको थियो । दुवैलाई हटाएर तेस्रो व्यक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि दुवै पक्षबीच मनमुटाव भएको हो ।

    कार्यक्रमको अध्यक्षता गरेर बोल्ने क्रममा पूर्व जिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक खोसेका हुन् । अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथी निरौला हुन नमिल्ने भन्दै चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव भएको छ। चौधरीको हातबाट पुन: माइक खोस्न कार्यकर्ताहरू मञ्चमै चढेपछि त्यहीँ थप विवाद भएको छ। माइक खोसेपछि चौधरी कार्यक्रम स्थलबाट हिँडेका छन् । उनले बैठक बहिष्कार गरेको बताएका छन्।

    उनले सुनसरी एमालेको विवादलाई लिएर केहीबेरमा इटहरीमा पत्रकार सम्मेलनको तयारी गरेका छन् । चौधरीले माइक खोसे पनि बैठक नरोकिएको एक नेताले बताए । चौधरीले हिजो मङ्गलवार सामाजिक सञ्जालमा जिल्ला बैठक मेरो अध्यक्षता हुने भन्दै पोस्ट समेत गरेका थिए । 

    प्रकाशित मिति :कार्तिक २४ २०७८ बुधवार - १४:४७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij