Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उद्घाटनपछि सिधै उम्मेदवारी र मतदान प्रक्रिया

उद्घाटनपछि सिधै उम्मेदवारी र मतदान प्रक्रिया


  • 6.4K
    Shares

    उद्घाटनपछि सिधै उम्मेदवारी र मतदान प्रक्रिया

    प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) १०औं महाधिवेशनको उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने भएको छ । अधिवेशनमा कुनै दस्तावेजमाथि छलफल हुनेछैन । हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रस्तावमा छलफल भएको थियो । एमाले नेता काशीनाथ अधिकारीले १०औं महाधिवेशनमा कुनै दस्ताबेज प्रस्तुत नहुने बताए ।

    ‘यो महाधिवेशनमा कुनै दस्तावेज पेस हुनेछैनन् । हामीले विधान महाधिवेशनमा सबै दस्ताबेज पारित गरिसकेका छौं । महाधिवेशनमा उद्घाटनपश्चात् बन्द सत्र सुरु हुने र निर्वाचन प्रक्रिया अघि बढनेछ’ अधिकारीले भने ।

    महाधिवेशनमा नेतृत्व चयन गर्ने सवालमा सर्वसम्मत प्रयास हुने र त्यसो हुन नसकेको अवस्थामा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने व्यवस्था भएको उनले बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :कार्तिक १३ २०७८ शनिवार - ०६:४९:०२ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij