२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल "प्रचण्ड" र माधवकुमार नेपाललाई गोदेको गोदै गरेको बताएका छन्।
ओलीको भ्रमबाट ढिलै भए पनि प्रचण्ड-नेपाल मुक्त भएको भट्टराईको भनाइ छ । तैपनि प्रचण्ड र नेपालले अझै प्रधानमन्त्री ओलीलाई मिलेर जाऔं भनिरहेको उनले उल्लेख गरेका छन् ।
‘ओलीले गोदेकोगोदै छन् । अब टाउकोमा खड्ग हान्नमात्रै बाँकी छ के बोलाउनु हुन्छ ?,’ उनले काठमाडौंमा आइतबार आयोजित जसपाको प्रदर्शनपछि भने।
उनले कांग्रेसलाई पनि सडक संघर्षमा आउन आग्रह गरेका छन् । चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भनेर कांग्रेस भ्रममा रहेको उनको भनाइ छ ।
"चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भन्ने भ्रममा कांग्रेसका मित्रहरू नपर्नुस्,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेका होइनन्" हामीले भाग लियौं ? लिएनौं ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij